काठमाडौं ।अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्। आन्दोलनका क्रममा भएको घटना र धम्कीका कारण राजीनामा दिन बाध्य भएको उनले बताए।
कडरियाले आफूमाथि शारीरिक हातपात र हत्या प्रयास भएको दाबी गर्दै एकताको आवश्यकता औंल्याए। काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्।
‘जेनजी’ आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र त्यसपछि आफ्नै घरमा हातहतियारसहित आक्रमण भएको घटनाले आफू विक्षिप्त बनेको उल्लेख गर्दै उनले त्यसबेला सामाजिक सञ्जालमार्फत लेखिएको राजीनामा दबाबकै कारण भएको प्रष्ट पारेका छन्।
FACEBOOK COMMENTS