काठमाडौं । आजदेखि शुरु भएको शहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले शानदार शुरुवात गरेको छ ।
बुधबार बिहान च्यासल मैदानमा सम्पन्न खेलमा संकटाले न्यूरोड टिम (एनआरटी) लाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
संकटाको जितमा कप्तान यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला जोसे, मोकम्बिक्वे र क्विनाबेल अकोसुअ अमनक्रहले एक गोल गरेका थिए । यो जितसँगै संकटाले तीन अंक हासिल गरेको छ ।
FACEBOOK COMMENTS