काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान विषम् परिस्थितिमा कर्पोरेट म्यागजिन र कर्पोरेट खबरले निजी क्षेत्रका हस्तीहरूलाई प्रदान गरेको ‘कर्पोरेट बिजनेश अवार्ड’ अनुकरणीय कार्य भएको बताएका छन् ।
हिजो आइतबार साँझ होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले राज्यले व्यवसायीका कुरा सुन्ने भन्दा बढी थुन्ने रणनीति लिएर प्रताडित बनाइरहेको बेलामा कर्पोरेट अवार्डले थोरै भए पनि ‘सञ्जीवनी’को काम गर्ने बताएका हुन् ।
राज्यबाट उद्योगी तथा व्यवसायीहरू त्रसित भइरहेको र आर्थिक अवस्था सङ्कुचन हुँदै गइरहेका बेला निजी क्षेत्रबाटै सञ्चालित मिडिया हाउसले ऊर्जा र उत्प्रेरणा भर्ने काम गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘व्यवसायीहरू ‘राज्यबाट’ त्रसित भइरहेका छन् । आर्थिक जर्जरताकाका कारण अर्थतन्त्र सङ्कुचित हुँदै गइरहेको बेलामा पीडाको घडीमा बसेको व्यवसायीको मनोबल उच्च बनाउन कर्पोरेट म्यागजिनले गरेको यो कार्य निश्चय पनि अनुकरणीय कार्य हो । यसका लागि कर्पोरट परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनले नेपालको उद्योग व्यवसाय विषम् परिस्थितिमा र राजनीति चुनौतीपूर्ण घडीमा रहेको चर्चा गर्दै कानुनलाई कन्फ्युजन तरिकाले व्याख्या गरेर व्यवसायीलाई बिनाकारण थुन्ने कार्य भइरहेकोप्रति दु:ख व्यक्त गरे । ‘व्यवसाय विषम् परिस्थितिमा छ । राजनीति पनि चुनौतीपूर्ण घडीमा छ । व्यवसायी प्रताडित अवस्थामा छन् । व्यवसायीलाई सुन्ने होइन थुन्ने किसिमतिर सरकार गइरहेको छ । कानुन कता गइरहेको छ ? कानुनका परिभाषा कन्फ्युजन गराइयो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘देवानी प्रकृतिको मुद्दा हो कि फौजदारी हो ? सबै मुद्दाहरूलाई आ–आफ्नै किसिमले परिभाषित गरेर फौजदारी अभियोगतिर लगेर व्यवसायी थुन्ने काम भइरहेको छ । हामीलाई साह्रै पीडा छ । सह्य छैन ।’

लक्ष्मी ग्रुपका अध्यक्ष समेत रहेका आफ्ना पिता गणेश बहादुर श्रेष्ठलाई कर्पोरेट अवार्डअन्तर्गत ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दा आफू भावुक र उत्साहित बनेको बताउँदै उनले अवार्ड प्राप्त गर्ने सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सबैको उन्नति र प्रगतिका लागि कामना समेत गरे । ‘म आज भावुक र उत्साहित भएको छु । पिताजीले लाइफटाइम अवार्ड प्राप्त गर्नु मेरा लागि आजको दिन अत्यन्तै गौरवपूर्ण हो । पिताजीकै नेतृत्वबाट लक्ष्मी ग्रुप यहाँसम्म आएको हो ।’

‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)

फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’
मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
FACEBOOK COMMENTS