काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् ।
कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको हो । ‘विविध कारणले मिल सञ्चालन गर्न नसकिएको र किसानको भुक्तानीको विषय पनि सधैं विवादित भयो र अब किसानको बक्यौता भुक्तानी तिरेर ढुक्क हुने बताएका छन् ।
मिलले किसानलाई झण्डै ५ करोड रुपैयाँ हाराहारी बक्यौता तिर्न बाँकी रहेको छ ।आर्थिक संकटमा फसेको मिल आफूसहित थप दुई जना व्यवसायी मिलेर खरीद गरेको व्यवसायीले बताएका छन् ।
मिल खरीद सम्झौताअनुसार किसानको बक्यौता मिल बिक्रेता उद्योगी राकेश अग्रवालले नै तिर्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा ऋण धितोमा रहेको उक्त मिलको बिक्रीबाट आएको रकममध्ये किसानको बक्यौता सबै चुक्ता गरेपछि बैंकको ऋण र साँवाको हिसाब किताब हुनेछ ।
सर्लाहीको धनकौल ३ मा रहेको मिलको दैनिक २५ सय टन प्रति उखु क्रसिङ गर्न सक्ने क्षमता छ ।
FACEBOOK COMMENTS