दक्षिण अमेरिकी देश भेनेजुएलामा यतिबेला सरकारविरोधी प्रदर्शन भइरहेका छन् ।
गत महिना भएको राष्ट्रपति चुनावमा निकोलस मदुरोको विवादास्पद विजयपछि यी प्रदर्शनहरू सुरू भएका हुन् ।
मादुरोको विजयको विरोधमा विपक्षी दलका नेतासहित हजारौं नागरिक सडकमा उत्रिएका छन् ।
भेनेजुएलाको राजधानीमा भइरहेको विरोध प्रदर्शनमा एक विपक्षी दलकी नेता मारिया मचाडो पनि सामेल भएकी छन् । उनले जनताको आवाजभन्दा माथि केही नभएको भन्दै यहाँ जनताले आफ्नो धारणा राखेको बताइन् ।
सरकारविरोधी प्रदर्शनपछि भेनेजुएलाको राजधानीमा ठूलो संख्यामा सेना र प्रहरी तैनाथ गरिएको छ ।
युरोपेली संघ, अमेरिका र धेरै ल्याटिन अमेरिकी देशहरूले भेनेजुएलाको राष्ट्रपति चुनावको नतिजा अस्वीकार गरेका छन् ।
यसअघि हालै दक्षिण एसियाली देश बंगलादेशमा सरकारी सेवामा आरक्षण प्रणालीविरूद्ध सरकारविरोधी प्रदर्शन चर्किएको थियो ।
हिंसात्मक आन्दोलन उत्कर्षमा पुगेपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । अहिले त्यहाँ सेनाले अन्तरिम सरकार गठन गरेको छ ।
FACEBOOK COMMENTS