पोखरा कात्तिक ३०, सेयर बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी अञ्जन श्रेष्ठ नियुक्त भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ पोखराको प्रसिद्ध व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि धितोपत्र बोर्ड सञ्चालकबाट राजीनामा दिएपछि उक्त पद खाली थियो। सोही पदमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए। श्रेष्ठ धितोपत्र बोर्ड सञ्चालक समिति बैठकमा सहभागी पनि भइसकेका छन्। श्रेष्ठको कार्यभार आगामी डेढ वर्षसम्म हुनेछ।
FACEBOOK COMMENTS