काठमाडौँ । युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जनरसम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ हुनेछ ।
यस्तै साधारण सभाले शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै यस सम्बन्धमा भएका सबै कामकारबाहीलाई साधारण सभाले अनुमोदन गरेको छ ।
दुई कम्पनी एक आपसमा गाभिए पछि केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहने पनि तय भएको छ ।
FACEBOOK COMMENTS