अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयमा
कर्पोरट खबर
9:17 am, आइतबार, असार २८, २०८३
Argentina’s Alexis Mac Allister (20), second right, scores their opening goal during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ashley Landis)
- अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको फिफा विश्वकप खेल निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको छ।
- अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा गोल गर्दा स्विट्जरल्यान्डका डान एन्डोयेले ७६औँ मिनेटमा बराबरी गोल फर्काए।
काठमाडौं । फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयमा गएको छ ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको हो ।
खेलको १०औँ मिनेटमा अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरल पहिलो गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफमा अर्जेन्टिनाले १–० गोलको अग्रता कायम गरेको थियो ।
यद्यपि, ७६औँ मिनेटमा स्विट्जरल्यान्डका डान एन्डोयेले गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गएको हो ।