काठमाडौं । मिटरब्याज पीडितको पैदल न्याय मार्च आइतबार (आज) चौथो दिनमा प्रवेश गरेको छ ।
पैदल मार्च जनकपुरबाट असार २५ मा सुरु भएको थियो । चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले यो यात्रा जारी राखेका हुन् ।
उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी काठमाडौंतर्फ अगाडि बढिरहेका छन् ।
न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले ’चुपचाप तमसूक फाड’ र ’अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका छन् ।