खोटाङ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् ।
मुडे ब्यारेकका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउने गरी धितुङस्थित लोकेबरमा हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए ।
“सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहन्छ”, प्रमुख सेनानी गुरुङले भने, “त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिकरुपमा उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर हेलिप्याड तथा स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय निर्माण गरिदिएका हौँ ।”
लोकेबरस्थित सार्वजिक जग्गामा निर्माण गरिएको हेलिप्याडमा एन नाइन्टिन हेलिकोप्टर ९३५ जनासम्म मानिस अटाउन सक्ने क्षमताको हेलिकोप्टर० अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरुङले जानकारी दिए । “हेलिप्याडमा हेलिकोप्टर अवतरण तथा उडानका साथै भलिबल खेल्न मिल्ने व्यवस्था मिलाइएको छ । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट ९जाली०समेत उपलब्ध गराइएको छ”, उनले भने, “दुईवटा भलिबल र एउटा नेट वडा नं ७ महादेविस्थान र दुईवटा भलिबल र एउटा नेट वडा नं ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ । भलिबल खेलमा सहभागी खेलाडी र हेलिकोप्टरमा आवतजावत गर्ने मानिसका लागि महिला पुरुष छुट्टाछुट्टै शौचालयसमेत निर्माण गरिदिएका छौँ ।”
तीस मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बहुउपयोगी हेलिप्याड निर्माणका लागि नगरपालिकाले जेसिबी र त्यसमा खपत भएको डिजेल ९इन्धन० उपलब्ध गराएको जनाइएको छ । शौचालयका लागि भने नेपाली सेना आफैले निर्माण सामग्रीसमेत खरिद गरेर सुविधायुक्त पक्की भवनसहितको महिला–पुरुष शौचालय निर्माण गरिदिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
FACEBOOK COMMENTS