काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र सोही स्थानबाट आएका भारतको इरोद, तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अहमदलाई साउन १७ र भेललाई साउन १८ गते पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । प्रहरीले निजहरूको साथबाट सात किलोग्राम ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको सहप्रवक्ता निरौलाले बताए । निजहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
FACEBOOK COMMENTS