काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ गरेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत पिलिभित पुरनपुर घर बताउने २५ वर्षीय मोहम्मद नाजिम कुरेसी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रविन माझी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा उक्त पदार्थ राक्सिराङ गाउँपालिका(५ बस्ने २२ वर्षीय सोनम लामासँग खरिद गरी ल्याएको खुल्न आएपश्चात प्रहरीले सोनमलाई समेत पक्राउ गरेको छ ।
यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ ग्राम सहित पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय धर्बेन्द्र महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा-प्र-०६-००१ ख ०३२३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-८ सौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम, ३ थान मोवाइल र नगद २० हजार २ सय १० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र सोही उपमहानगरपालिका-१० बुधौरा चोक बस्ने २५ वर्षीय शरद घर्ती मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा।४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, राजापुर नगरपालिका-४ सत्तिघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-७ बेलुवा बस्ने ३३ वर्षीय रन्जित चौधरी र भजनी नगरपालिका-३ बस्ने १९ वर्षीय मेजर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित चितवन रत्ननगर नगरपालिका-८ बागमारा बस्ने २७ वर्षीय कैलाश कार्की समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-६ धर्मनगरबाट अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ६० ग्राम र नगद ८ हजार २ सय २४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS