काठमाडौं । काठमाडौं बालाजुस्थित घरायसी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ उपनामले चिनिने ४२ वर्षीय कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ उपनामले चिनिने ४२ वर्षीय थापा मगरले शुक्रबार राति फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन कुमार भट्टराईका अनुसार घाइते भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण भएको झगडामा श्रीमानले श्रीमतीलाई रडले हानेर घाइते बनाएको र घाइते भए पश्चात् मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ।
थापा मगरलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
