काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २(१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल ब्राइटनका जर्जिनियो रटरले आत्मघाती गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि एक गोल डिएगो गोमेजले गरेका थिए ।
यो जितपछि आर्सनलको १८ खेलमा ४२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको १८ खेलमा २४ अंक रहेको छ ।
FACEBOOK COMMENTS