काठमाडौं । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म १ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस अवधिमा १ खर्ब ७६ अर्ब १० करोड बराबरको साधारण शेयर धितोपत्रमा सूचीकृत भएका छन् । त्यस्तै, ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर, रु।५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु।४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु।२९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेप्सेमा जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१३ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । ।
गत आवको जेठ मसान्तमा १९९६ दशमलव २६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२ दशमलव ०७ कायम भएको छ । २०८० जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
गत आवको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४दशमलव३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं दशमलव ४ प्रतिशत, होटेलको हिस्सा २ं दशमलव ९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ० दशमलव ५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८ दशमलव ० प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS