काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक सय रूपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा खरिद-बिक्री भएको चाँदीको मूल्य बिहीबार ३० रूपैयाँले बढेर एक हजार आठ सय ८५ रूपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS