काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
सरकार प्रमुख ओलीले राजीनामा नदिएपछि परिस्थिति सम्हाल्न गाह्रो परेको सेना प्रमुख सिग्देलको ब्रिफिङपछि ओली राजीनामाका लागि तयार भएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले राजीनामाअघि मुलुकको परिस्थिति नियन्त्रण गर्न सिग्देलसँग वार्ता तथा छलफल गरेका थिए । त्यस क्रममा सेना प्रमुख सिग्देलले ओलीलाई पद त्याग गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार ओलीले सत्ता नछोडिकन परिस्थिति सम्हाल्न गाह्रो भएको सेना प्रमुखको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफू र अन्य मन्त्रीहरूको सुरक्षित निकासीको लागि सेनाको सहयोग पनि मागेका थिए । राजनीतिक सङ्कटको बीचमा सेनाले परिस्थिति सम्हाल्ने तयारी गरिरहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा
FACEBOOK COMMENTS