काठमाडौँ । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण विवाद भएको थियो ।
सेप्टेम्बर १४ मा पहलगाम आतंकवादी हमलापछि पहिलो पटक दुई टोली आमनेसामने भएका थिए । यो खेल अघि निकै विरोध भएको थियो । समुह चरणको खेलमा भारतले पाकिस्तानी खेलाडीहरूलाई कुनै ध्यान दिएन ।
पहिलो टसको समयमा, भारतीय कप्तान सूर्यकुमार यादवले यो परम्परा तोड्दै पाकिस्तानी कप्तानसँग हात मिलाएका थिएनन् । खेल समाप्त भएपछि पनि, भारतीय खेलाडीहरू सिधै ड्रेसिङ रुममा फर्किए ।
सूर्यकुमार र मुख्य प्रशिक्षक गौतम गम्भीरको यो कार्यलाई पहलगाम आतंकवादी हमलामा मारिएका २६ जनाको परिवारलाई समर्थन गर्ने प्रदर्शनको रूपमा हेरिएको थियो ।
विवाद यतिसम्म बढ्यो कि पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको पुरस्कार समारोहमा भाग लिएनन् । त्यसपछि पाकिस्तानले यसमा म्याच रेफ्रीको दोष भन्दै उनलाई हटाउन माग गरेपनि आइसीसीले पाकिस्तानको मागलाई खारेज गरिदियो ।
त्यसपछि पाकिस्तानले युएईविरुद्धको खेल बहिष्कार गर्ने बताए पनि पछि आइसीसीले सो खेल बहिष्कार गरेमा १६ मिलियन डलर जरीवाना गर्ने चेतावनी दिएपछि पाकिस्तान ढिलो गरि सो खेल खेल्न तयार भएको थियो ।
यस खेल अघि एक दिन अगाडी हुने प्रेस कन्फेरेन्सलाई बहिष्कार गरेर पाकिस्तानले आफ्नो असन्तुष्टि कायमै राखेको छ । र आजको खेल खेल्ने नखेल्ने वा पाकिस्तानको व्यबहारप्रति सबैको नजर रहने छ । समुह चरणमा भारत अपराजित हुदै सुपर फोरमा खेल्दै छ भने पाकिस्तानले एक भारतविरुद्धको खेलमा हार बेहोरेर समुहमा दोस्रो हुदै सुपर फोर खेल्दै छ ।
FACEBOOK COMMENTS