काठमाडाैं । सुदुर पश्चिमाञ्चलका अटाेमाेबाइल्स ब्यवसायीहरू पनि आन्दोनमा उत्रिएका छन् । नाडाको संस्थागत सदस्य सुदुर पश्चिमाञ्चल प्रदेश अन्तर्गत रहेका सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक विरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेका हुन् ।
उनीहरुले धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले मौद्रिक नीति परिमार्जन गर, चालू पूँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने रु, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर लेखिएको प्लेकार्डहरु बोकेर धर्नामा उत्रिएका हुन ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यही २०७९ मंसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
यसअघि काठमाडौंको माइतीघर, विराटनगर, धनुष, चितवन, हेटाैडा, पाेखरा लगायतका स्थानमा अटो ब्यवसायीहरुले आन्दोलन तथा प्रदर्शन गरिसकेका छन् ।
अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अटो ब्यवसायीहरु आन्दोलित भएका छन् ।
याे पनि:
चितवन र हेटाैडाका अटाे ब्यवसायी पनि आन्दोनमा उत्रिए
माइतीघरमा अटो व्यवसायीहरुकाे आन्दोलन (फाेटाेफिचर)
चर्काे ब्याजदर विरुद्ध विराटनगरका अटाे ब्यवसायी पनि आन्दोलित
अहिलेकाे अवस्थामा पूर्णरूपमा ईभीमा जान सम्भव छैन: प्रकाश कपुरी (भिडियाे सहित)
FACEBOOK COMMENTS