काठमाडाैं । पछिल्लो समय देखिएको विभिन्न आर्थिक समस्याका कारण देशको हरेक क्षेत्र मारमा परेका छ । आर्थिक संकटसँगै बैंकहरुले कर्जामा बढाएको ब्याजदरले विशेषगरी उद्योग ब्यवसय थला परेका छन् । ब्याजदर वृद्धि भएपछि ब्यवसायीहरु सड्का नै उत्रिए । विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा ब्यावसायीहरु आन्दाेलनमा उत्रिएका हुन् ।
त्यसैगरी बढेको ब्याजदरविरुद्ध अटोमोबाइल्स क्षेत्रमा पनि गम्भिर असर परेका भन्दै यस क्षेत्रका ब्यावसायीहरुले पनि चरणवद्धरुपमा आन्दोलन गरे । उनीहरुले मंसिर २२ गते माइतघरमा धर्ना समेत दिए । विभिन्न प्लेकार्ड बोकेर अटोमोबाइल्स ब्यवसायीले धर्ना दिएका थिए ।
अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अटो ब्यवसायीहरुले आन्दोलन गरेका हुन् ।
यस्तै पछिल्लो आर्थिक संकट र बैंकले बढाएको ब्याजदरले अटोमोबाइल्स क्षेत्रमा परेका असर, समस्या समाधानका उपाय, अटोमोबाइल्स क्षेत्रले राजस्व तथा रोजगारीमा पुर्याएको योगदान र नेपालमा विद्युतीय सवारी साधनको सम्भावनासँगै देखिएको चुनौतिहरुका बारेमा कर्पाेरेट खबरसँग नाडाका केन्द्रिय कार्यसमिति सदस्य प्रकाश कपुरीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश:
उनी भन्छन्,

हामि ब्यवसाय अघि बढाउने, साथ दिने चाँही बैंक हो भन्ने गर्दथ्योँउ । तर, अहिले ब्यवसायमा ह्रास आइरहेको बेलामा बैंकले उल्टै कर्जाको ब्याजदर बढाएको छ । अब हामि कहाँ जाने ? कस्लाई ढकढकाउने ? को सँग कुरा कर्ने ? हामि त्याहाँ आत्तिने बेला भइसकेको छ ।

धेरै जना त पलायन नै हुने अवस्था आएको छ । धेरै शोरुमहरु त बन्द भइरहेको छ । देशभरका अटोमोबाइल्स ब्यवसायीहरुको कुरा सुन्दा धेरैजसो ब्यवसायीहरु नाजुक अवस्थामा छन अहिले ।
हामिले नै धेरै ट्याक्स राज्यलाई बुझाइरहेका छौं । रोजगारीमा पनि हाम्रो योगदान महत्वपूर्ण छ । अहिलेको अवस्थामा अटोमोबाइल्सबिना सम्भव छैन । यति कुरा सबैलाई थाहाँ हुँदा हुँदै पनि किन यहि क्षेत्रलाई हिट गरिन्छ ? त्यो मइले बुझेको छैन । कसरी सस्टेनेबल हुने भन्ने चिन्ता हामिमा छ ।

ईभीको लागि पहिला पुर्वाधार हुनु पर्यो । चार्जिङ स्टेशन हरेक ठाउँमा हुनु पर्यो । विद्युतीय गाडी चढेर लामु दुरिमा जाने अवस्था छैन । काठमाडौंलाई मात्र तार्गेट गरेर कसैले गाडी किन्दैनन । अर्काे कुरा पेट्रोललियम गाडीमा कुनै ठाउँमा इन्धन भर्दा ५ मिनेट समय लाग्छ । तर, फाष्ट चार्जिङ छ भने पनि १ घण्टा त लाग्छ । यसरी हेर्दा चार्जिङ स्टेसन पनि धेरै नै बनाउनु पर्ने हुन्छ ।
यी कुरालाई पनि राज्यले बुझ्नु पर्यो । यस्ता कुराको ब्यावस्थापन मिलाउनु पर्यो । पूर्वाधार तयार गर्नुपर्यो । अटोमोबाइल्स क्षेत्रमा हामि लागिसकेपछि हामि ईभी नै गरौँला । तर, यस्ता पूर्वाधारको विकास पनि हुनु जरुरी छ ।
त्यसकारण अहिले पूर्णरुपमा ईभीमा जान सम्झव छैन ।
डिलरले गाडी बेचेको छ । डिओ लेटरहरु हातमाछ । बैंकले पैसा देको छैन । मार्केटबाट पैसा उठन सकेको छैन । हिजो हामिलाई ब्यापार गर्न सिकाको पनि बैंकले नै हो । मइले हिजो एउटा शोरुमबाट आज १० ओटा शोरुमा बनाएको छु देशभरी ।
बैंकले ब्यापार गर्न सिकायो, म हौसिए ब्यापार पनि गरे आज १० ठाउँमा डिलर बनाए । तर, पछिल्लो समय सरकारको नीति स्थिर नहुँदा हामिलाई समस्या परेको छ । हामि राष्ट्र बैंकको नीति अनुसार काम गर्न तयार छौँ । तर, कमतिमा पनि ३ वर्षको समय चाँहिन्छ ।