काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
एसोसिएट उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ तथा वस्तुगत तर्फ सदस्यमा ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ निर्वाचित भएका हुन् ।
उपाध्यक्ष निर्वाचित श्रेष्ठ उग्रचण्डी ग्यास उद्योग प्रालिका अध्यक्ष हुन् । यस्तै, सदस्यमा निर्वाचित बज्राचार्य नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष हुन् भने सदि श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कार्यकारिणी सदस्य तथा नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष हुन् ।
यस्तै, एनसीआईसीकेमा कोषाध्यक्ष रहेका हिटको प्रालिका निर्देशक प्रदीपमान प्रधानले एसोसिएटबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् । साथै, धानेश्वर खाद्य उद्योग प्रालिका अध्यक्ष उध्म शर्मा ढकाल र रत्नदेव कपडा उद्योगका अध्यक्ष नवीन्द्र देव सिंले पनि सोही कलस्टरमा उम्मेदवारी दिएका छन् ।
दुई जना सदस्यको कोटा रहेको यो कलस्टरमा तीन जनाको उम्मेदवारी परेको हो । यो कलस्टलाई पनि निर्विरोध बनाउने पहल भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश महासंघको साधारणसभा र निर्वाचन आगामी २४ गते हुँदैछ ।

यो पनि पढ्नुहोस्–

उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षका लागि दुर्गाराज श्रेष्ठद्वारा मनोनयन दर्ता
FACEBOOK COMMENTS