काठमाडौँ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलको अवसरमा नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मोडलहरू बजाज पल्सर एन १६० र पल्सर एन १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ।
‘पर्फमेन्सको नयाँ परिभाषा’ भन्ने नारासहित सार्वजनिक यी मोटरसाइकलहरू आधुनिक प्रविधि, शक्तिशाली इन्जिन र आकर्षक डिजाइनको संयोजनमा तयार पारिएका छन्।
पल्सर एन १६० मा १६४ दशमलव ८२ सीसीको सिंगल-सिलिन्डर एयर-कूल्ड इन्जिन दिइएको छ, जसले १६ पीएस पावर र १४ दशमलव ६५ एनएम टर्क उत्पादन गर्छ। ५-स्पीड गियरबक्स, डुअल-च्यानल एबिएस, अपसाइड डाउन फोर्क्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन यसका मुख्य विशेषता हुन्।
यस्तै, पल्सर एन१२५ मा १२४ दशमलव ५८ सीसीको एयर–कूल्ड इन्जिन समावेश छ, जसले १२ पीएस शक्ति र ११ एनएम टर्क दिन्छ। ५-स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सरले यसलाई उच्च इन्धन दक्ष बनाएको कम्पनीको दाबी छ।
गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले नयाँ मोडलहरू नेपाली बजारमा ल्याउन पाउँदा उत्साह व्यक्त गर्दै, पल्सर एन१६० ले पावर र स्टाइलमा आफ्नो पहिचान बनाउने र एन१२५ ले दैनिक सवारीका लागि उत्कृष्ट विकल्प दिने विश्वास व्यक्त गरे।
ग्राण्ड कार्निभलमा टेस्ट राइड, स्थानमै फाइनान्स सुविधा, निःशुल्क एक्सेसरीज, उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज, नगद र अन्य पुरस्कार जित्ने मौका लगायतका आकर्षक अफर पनि उपलब्ध छन्।
यी मोटरसाइकलहरू बैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपस्थित कार्निभलमा तथा देशभरका बजाज शोरूमहरूबाट किन्न सकिनेछ।
FACEBOOK COMMENTS