काठमाडौँ । पछिल्लो अपडेट अनुसार वालेन साह अझै अग्रस्थानमा रहेका छन्।
स्वतन्त्र उम्मेदवार बालेनले पछिल्लो अपडेट अनुसार ३ सय ५६ मत प्राप्त गरेका छन्। यस्तै, साहलाई नेकपा एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले पछिल्लो सयम ३ सय ८ मत ल्याएर साहलाई पछ्याइरहेका हुन्। गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले अहिलेसम्म एक सय ९७ मत प्राप्त गरेकी छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदाश श्रेष्ठले ३९ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बास्कोटाले ५२ मत प्राप्त गरेकी छन्। यस्तै झ्याल चुनाव चिन्हका स्वतन्त्र उम्मेदवारले ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्। काठमाडौँ महानगरपालिकामा विहान ११ बजेदेखि मतगणना सुरु भएको थियो। अहिलेसम्म करिव एक हजार मत गणना भइसकेको छ।
FACEBOOK COMMENTS