काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाको निधनप्रति समवेदना प्रकट गरेका छन् ।
ओलीलाई समवेदना प्रकट गर्दै बालेनले पिताजस्तो रक्षक र पिताजस्तो गुरु कोही नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरु: । नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नम: ।। पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । ‘पात्र एक, भूमिका अनेक’ । केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ– पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु । पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस् ।
ओलीका पिता मोहनप्रसाद ओलीको गएराती निधन भएको थियो भने उनको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

पितृशोकमा एमाले अध्यक्ष ओलीलाई क–कसले दिए सान्त्वना ?

FACEBOOK COMMENTS