काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सर्वसम्मत चयन भएका छन् ।
आज बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।
संसदीय दलको नेता चयन भएसँगै अब केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकको तयारी भइरहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

FACEBOOK COMMENTS