काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ ।
अनेरास्ववियुका पूर्वध्यक्ष समिक बडालको नेतृत्वमा गएको एक टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंमा सो जाहेरी दिएको हो । उनीहरूको जाहेरी प्रहरीले बुझे पनि त्यसबारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ । पूर्वध्यक्ष बडालका अनुसार प्रहरीले २४ घण्टापछि त्यसबारे जानकारी दिने बताएको जानकारी दिए ।
मेयर साह र संस्थापक गुरुङविरुद्ध अनेरास्ववियुले तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरी मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित उजुरी दिएको हो । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो ।
यसअघि आजै सुदन गुरुङको समुहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रहरी परिसर काठमाडौँ पुगेका थिए । उनीहरूको उजुरी पनि प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीको नाम भजाएर जन्मिएको कठपुतली सरकारले कसैलाई दण्डित गर्न सक्दैन
FACEBOOK COMMENTS