बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।
बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अर्का एक जना घाइते भएका छन् । यससँगै बनेपा मुख्य सडक क्षेत्र तनावग्रस्त बनेको छ।
ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु
काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त भएको छ ।
मृतक पुरुष हुन्, अन्य पहिचान खुलेको छैन । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको हो ।

मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । सर्वसाधारणले ट्रिपरमा आगो लगाइदिएका छन् । चालक फरार छन् । स्थानीयको विरोधले यातायात अवरुद्ध भएको छ ।

FACEBOOK COMMENTS