काठमाडौं । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसमाथि देश अमेरिकालाई बेचेको आरोप लगाएकी छन् ।
उनले सेन्ट मार्टिन टापुका लागि अमेरिकाको मागसँग आफ्ना बुवा सहमत नभएको र आफ्नो ज्यान दिएर यसको मूल्य चुकाउनु परेको उल्लेख गर्दै सत्तामा रहिरहन युनुसले देश बेचेको आरोप लगाएकी हुन् ।
गत हप्ता अमेरिकी सेनाको एक टोलीले बङ्गलादेशको भ्रमण गरेको थियो । सो अवधिमा दुवै देशका सैन्य अधिकारीहरूबीच बैठक पनि भएको थियो ।
यसबाहेक, अमेरिकी सैनिकहरूले कक्स बजारको समुद्र तटमा बङ्गलादेशी सैनिकहरूसँग अभ्यास पनि गरेका थिए ।
हसिनाले युनुसले सरकारको बागडोर आतङ्ककारीहरूलाई सुम्पेको दाबी गरिन् । पूर्वप्रधानमन्त्री हसिनाले आफ्नो पार्टीको फेसबुक अकाउन्टमा एक पोस्टमा भनेकी छन्, ‘युनुसले आतङ्ककारीहरूको सहयोगमा सत्ता कब्जा गरेका थिए ।’
हसिनाले युनुसले आफूले पक्राउ गरेका प्रतिबन्धित आङ्कककारीहरूलाई रिहा गरेको र आज जेलहरू खाली रहेको समेत बताएकी छन् ।
जुन २०२१ म बङ्गाली अखबारहरूले अमेरिकाले बङ्गलादेशबाट सेन्ट मार्टिन टापु माग गरिरहेको दाबी गरेका थिए । अमेरिकाले सो टापुमा सैन्य अड्डा बनाउन चाहेको विभिन्न मिडिया रिपोर्टमा बताइएको थियो ।
बङ्गलादेशको राजनीतिमा यति धेरै हङ्गामा मच्चाउने सेन्ट मार्टिन टापु केवल तनी वर्गकिलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी केवल ५ माइल छ । जुन २०२३ मा तत्कालीन प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएको खण्डमा उसले सेन्ट मार्टिन बेच्ने दाबी गरेकी थिइन् ।
FACEBOOK COMMENTS