काठमाडौँ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदै गर्दा यता कर्जा लगानी घटेको जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड (८ दशमलव ८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २६६ अर्ब (५ दशमलव ७ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव २ प्रतिशतले बढेको छ ।
२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७ दशमलव ९ प्रतिशत, २५ दशमलव ६ प्रतिशत र ५९ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ८ प्रतिशत, २७ दशमलव १ प्रतिशत र ५७ दशमलव १ प्रतिशत रहेको थियो । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८दशमलव ६ प्रतिशत रहेको थियो ।
यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड (३ दशमलव ४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५२ अर्ब ७१ करोड (१३ दशमलव ५ प्रतिशत) ले बढेको थियो ।
२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव ३ प्रतिशत र ३६ दशमलव ७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३ दशमलव २ प्रतिशतले, विकास बैंकहरुको ६ दशमलव ० प्रतिशतले र वित्त कम्पनीहरूको ०।९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव ६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६८ दशमलव ) प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव ३ प्रतिशत र ६६ दशमलव ८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६ दशमलव ६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ दशमलव ४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७ दशमलव ६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६ दशमलव ७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४दशमलव ० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३ दशमलव ३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६ दशमलव ७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३ दशमलव ४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५ दशमलव २ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६७ दशमलव ६ प्रतिशतले मार्जिन प्रकृतिको कर्जा ७ दशमलव २ प्रतिशतले र हायर पर्चेज कर्जा १३ दशमलव ० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS