काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामै १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
सर्वाधिक १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाउँदै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहन सफल भएको छ भने समीक्षा अवधिमा सबैभन्दा कम २७ करोड २९ लाख ९० हजार रुपैयाँ नाफा कमाएर नेपाल एसबीआई बैंक २० वटा वाणिज्य बैंकहरुको अन्तिममा रहेको छ ।
धेरै नाफा आर्जन गर्ने बैंकहरुको दोस्रो नम्बरमा रहेको नबिल बैंकले २ महिनामा १ अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समीक्षा अवधिमा १ अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ भने१ अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ नाफा कमाएर हिमालयन बैंक चौथो स्थानमा रहन सफल भएको छ ।
यस्तै, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा कमाएर छ ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार रुपैयाँ, एनआईसी एसिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
समीक्षा अवधिमा एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा कमाउँदा यता एभरेष्ट बैंकले७१ करोड २५ लाख ९० हजार रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी सानिमा बैंकले ५१ करोड२० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ट बैंकले ४८ करोड ४५ लाख २० हजार रुपैयाँ र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।
FACEBOOK COMMENTS