काठमाडौं । कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंकका ग्राहकहरूलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्यमार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो। बैंकका डेबिटरक्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले उक्त रेस्ट्राको माछापोखरी र मध्य बानेश्वोर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको छ।
FACEBOOK COMMENTS