काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालका ७ वटा क वर्गका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको तथ्याङकले देखाएको छ । सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सात वटा बैंकको मुनाफामा न्यूनतम् ८ प्रतिशतदेखि अधिकतम् ४५ प्रतिशतसम्म गिरावट आहएको हो ।
चालु आवमा सबैभन्दा धेरै मुनाफ घट्नेमा कृषि विकास बैंक परेको छ । सो बैंकको मुनाफा एक अर्ब ९० करोडबाट झरेर एक अर्ब चार करोडमा सीमित हुन पुगेको छ । समग्रमा बैंकको मुनाफा ४५ प्रतिशतले घटेको ।
दोस्रो ठूलो मुनाफा घट्नेमा सिद्धार्थ बैंक परेको छ । सो बैंकको मुनाफा दुई अर्ब आठ करोडबाट झरेर एक अर्ब ४९ करोडमा सीमित हुन पुगेको छ । सिद्धार्थ बैंकको मुनाफा २९ प्रतिशतले घटेको छ।
तेस्रो घट्नेमा सिटिजन्स बैंक परेको छ । सो बैंकको मुनाफा २२ प्रतिशतले घटेर एक अर्ब ५८ करोडबाट तल झर्दै एक अर्ब २३ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै सरकारी लगानीको नेपाल बैंकको मुनाफा दुई अर्ब १९ करोडबाट तल झर्दै एक अर्ब ७८ करोडमा सीमित हुन पुगेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकको मुनाफा एक अर्ब ५५ करोडबाट झरेर एक अर्ब ३५ करोडमा सीमित भएको छ भने प्राइम बैंकको मुनाफा दुई अर्ब ७२ करोडबाट दुई अर्ब ४६ करोडमा भरेको छ । त्यस्तै, सनराईज बैंकको मुनाफा एक अर्ब २७ करोडबाट झरेर एक अर्ब १७ करोडमा सीमित भएको छ ।
FACEBOOK COMMENTS