काठमाडाैँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचन ब्याक हटेपछि माछापुच्छ्रे बैंकका सीईओ समेत रहेका कोइराला बैंकर्स संघको अध्यक्षमा चयन भएका हुन् । अध्यक्षकाे औपचारिकता बुधबारबाट (भोलि) पाउने छ । बुधबार बैंकर संघको साधारण सभा बाेलाएकाे छ । साधारणसभाबाट सबै पदाधिकारीकाे टुंगो लाग्ने छ ।
हाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सन्तोष कोइरालाको अवधि सकिँदैछ । साथै, कार्यसमिति सदस्य नेपाल एसबिआई बैंकका सीईओ दिपककुमार दे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको पनि अवधि सकिँदैछ भने एक सदस्य पद रिक्त छ । यस्तै, कोइराला अध्यक्षसँगै बैंकर्स संघको उपाध्यक्षमा भने ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी उपाध्यक्षमा अर्को उम्मेदवारी नपरेपछि सीईओ रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा भने एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ दोहोरिने भएका छन् । साथै बाँकी रिक्त कार्यसमिति सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउने भएका हुन् ।
FACEBOOK COMMENTS