काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।
बैंकले आज चैत १७ गते बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तान्ने भएको हो।
जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। यो २१ दिने निक्षेप संकलन उपकरणको वैशाख ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यसअघि चैत ३ गते ३० अर्ब रुपैयाँ, ६ गते २५ अर्ब रुपैयाँ, १० गते २० अर्ब रुपैयाँ, १७ गते २५ अर्ब र तरलता खिचेको थियो ।
