काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाहरुले लागू गरेको ब्याजदरले उद्योग व्यवसायहरु उच्च जोखिममा रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लागू गरेको उच्च ब्याजदरकै कारण व्यावसायिक क्षेत्रमा हालको विषम परिस्थिति उत्पन्न हुन गएको बताए।
‘राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था हुनु मुलुकका लागि सुखद संकेत नभएको भनाइ राख्दै उनले भने, ‘आर्थिक गतिविधि बिस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नु आजको आवश्यकता हो,’ उनले भने।
पुँजीगत खर्च ३० प्रतिशतमा खुम्चिएको र आगामी ३ महिनामा ७० प्रतिशत विकास खर्च गर्नुपर्ने बाध्यता रहेको भन्दै समयमा लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसक्दा देशले तरलता चाप खेपिरहेको अध्यक्ष मल्लले बताए।
उनका अनुसार पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी-व्यवसायी तथा ऋणीहरुमा परेको असर, पुँजीगत खर्च हुन नसक्नु लगायत अन्य समस्याहरुले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको हो।
मुलुकको विद्यमान आर्थिक सूचकहरु अनुकुल नभएको र बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अनपेक्षित गति लिन नसकेको बताए।
FACEBOOK COMMENTS