काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठको स्मृतीमा स्थापित ‘इश्वरलाल श्रेष्ठ लाईफ टाइम एचिभमेन्ट अवार्ड २०७९’ अग्रणी उद्योगपति ताराचन्द्र केडियालाई प्रदान गरेकाे छ ।
सोमबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा उद्योगपति केडियालाई प्रधानमन्त्री प्रचण्ड र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सम्मान गरेका हुन् ।
स्वर्गिय श्रेष्ठ परिवारको प्रायोजन रहेको उक्त अवार्ड वितरण गर्ने क्रममा चेम्बर पूर्व अध्यक्ष श्रेष्ठका सुपुत्रद्वय प्रदिपलाल श्रेष्ठ र प्रशान्तलाल श्रेष्ठ एवम् चेम्बर उपाध्यक्ष समेत रहेकी सुपुत्री उर्मिला श्रेष्ठको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वनवरीलाल मित्तल मेमोरियल अवार्डबाट पर्यटन व्यवसायी कर्ण शाक्य, राज बहादुर चिपालु मेमोरियल अवार्डबाट कर्ण बहादुर मल्ल, ईन्द्रभक्त श्रेष्ठ मेमोरियल अवार्डबाट बालकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट राष्ट्रिय आविस्कार केन्द्र, जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट रेशम बहादुर श्रेष्ठलाई सम्मान गरेकाे थियाे ।
त्यस्तै पालिका र जिल्ला स्तरमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र ललितपुर चेम्बर अफ कमर्श सम्मानित भए भने चलचित्रतर्फ प्रियंका कार्की सम्मानित भईन् ।
