काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्राम कार्यान्वयनमा ल्याएको छ।
विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीमा अघि बढिरहेको समयमा वास्तविक दिगो ईभी इकोसिस्टमका लागि जिम्मेवार ब्याट्री व्यवस्थापनको महत्व बढ्दै गएको छ।
सो पहलको एक हिस्साको रूपमा बीवाईडीले अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। सन् २०२४ मे २८ मा औपचारिक रूपमा घोषणा गरिएको यो सहकार्यले बीवाईडी ईभीमा प्रयोग हुने लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रूपमा रिसाइक्लिङ गर्ने सुनिश्चित गर्नेछ।
दुवै सेवा प्रदायक कम्पनीहरू आरटु (रेस्पोन्सिबल रिसाइक्लर) सर्टिफाइड छन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पूरा गर्छन्। रिसाइक्लिङ प्रक्रियामा क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ समावेश छन्। प्रयोग भइसकेका ब्याट्रीको पुनः प्रयोग सम्भावनाको मूल्यांकन क्यापासिटी टेस्टिङमार्फत गरिन्छ। प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने (सेफ डिस्म्यान्टलिङ) र त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने (मेटरियल रिकभरी) कार्य गरिन्छ। अन्त्यमा, रिसाइकल गरिएका सामग्रीहरू अनुमति प्राप्त कम्पनीहरूलाई उपलब्ध गराइन्छ।
ब्याट्री उत्पादनदेखि रिसाइक्लिङसम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्ट न्यून गर्ने कार्यमा ठोस कदम चालेको छ।
यस पहलका बारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ग्लोबल रिसाइक्लिङ डे मनाइरहँदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नु मात्र नभई वास्तविक सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपनाको पहिचान हो भन्ने बुझ्यौं। जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादनदेखि नष्ट गर्ने कार्यसम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ।
विश्वका धेरै ईभी प्रयोगकर्ता देशमध्ये नेपाल पनि परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता बन्नुपर्ने आवश्यकता छ। इलेक्ट्रिक मोबिलिटीमा देश रूपान्तरण भइरहँदा र यसको वातावरणीय प्रभाव न्यून भएको नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरूपता लिएको छ।
दिगो यातायात, नवीकरणीय ऊर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापनको प्रवर्धन गर्दै नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्यका लागि सक्रिय रूपमा कार्य गरिरहेको छ।
ग्लोबल रिसाइक्लिङ डेको यो अवसरमा बीवाईडीले चालेको यो कदमले दिगोपना एक भिजन मात्र नभई ईभी इकोसिस्टमको प्रत्येक भागलाई ड्राइभ गर्ने प्रतिबद्धता पनि हो भन्ने तथ्यलाई पुष्टि गरेको छ।
FACEBOOK COMMENTS