काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न समिति गठन गरेको छ ।
बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गरेको हो ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट रहेका छन् ।
यस्तै सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा फत्त बहादुर केसी रहेका छन् ।