संसद्को विजनेसका लागि अधिवेशन स्थगनः मन्त्री पोखरेल
कर्पोरट खबर
8:32 pm, शुक्रबार, वैशाख ११, २०८३
- शिक्षामन्त्री सस्मित पोखरेलले संसद्लाई पर्याप्त कार्यसूची दिन सरकारले अधिवेशन स्थगित गरेको बताएका छन्।
- उनले बर्खाको जोखिम न्यूनीकरण गर्न काठमाडौँ उपत्यकाका सुकुम्बासीलाई सुरक्षित स्थानमा सार्न लागिएको जानकारी दिए।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सरकारले संसद्को पर्याप्त विजनेस ९संसद्को बैठकमा छलफल हुने कार्यसूची, प्रक्रिया र सम्पूर्ण औपचारिक कामको तयारी०का लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गरेको बताएका छन् ।
उनले भने, “संसद्लाई पर्याप्त विजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो । सरकारले विधेयकमार्फत कानुन बनाउने छ ।”
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको बताए । प्राकृतिक विपद् न्यूनीकरणको पूर्वतयारीका लागि सुकुम्वासीलाई सुरक्षित ठाउँमा सार्न लागिएकोे बताए ।
उनले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासी बस्तीहरू बर्सेनि बाढीको जोखिममा पर्ने गरेकाले यसपालि बर्खा नजिकिँदै गरेकाले सोक्षेत्रका नागरिकको सुरक्षाका लागि स्थानान्तरण गर्न लागिएको स्पष्ट पारे । मन्त्री पोखरेलले काठमाडौँ महानगरसँग समन्वय गरेर सुकुम्वासीलाई सुरक्षित स्थानमा सारिने उल्लेख गरे ।