काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ४ दर्जन बढी आवेदकले आवेदन दिएका छन् ।
अध्यक्ष छनोट सिफारिस समितिका अनुसार ५० जनाले अध्यक्षका लागि आवेदन दिएका छन् ।
अध्यक्षका लागि डा. रवीन्द्र घिमिरे, रमेशकुमार भट्टराई, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. राजेन्द्र पण्डित, प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उपनिर्देशक विरोध भट्ट लगायतले आवेदन दिएका छन् ।
प्राधिकरणको अध्यक्षका लागि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा. घनश्याम उपाध्याय छन्।