काठमाडौं । यतिबेला पुँजी बजारमा अर्थमन्त्री जनार्दन शर्माले शनिबार गरेको भाषणलार्इ लिएर निकै आलोचना सुरु भएको छ ।
अहिले सेयर बजारमा गिरावट सुरु भएको छ । यो गिरावटलाई नियामक निकायका अधिकारीले दिने अभिव्यक्ति, राष्ट्र बैंकले लिने नीतिगत निर्णयका कारण बजारमा गिरावट देखिएको छ । जसले गर्दा लगानीकर्ताले अनसन समेत सुरु गरेका छन् ।
मन्त्री शर्माको शनिबारको अभिव्यक्तिलाई लिएर झनै विवाद सुरु भएको छ । यसले बजारलाई झनै असर पार्ने देखिएको छ । शनिबार मन्त्री शर्माले पुँजी बजारलाई ‘हावा फुलेको जस्तो बताउनु’ भन्ने गैर जिम्मेवार अभिब्यक्ति दिएका कारण त्यसको असर सेयर बजारमा पर्ने जानकारहरुको भनाई छ ।
उहाँले विदेशी लगानी नभित्र्याई उद्योग विकाश नहुने भन्ने अनी लगानीको महत्व पुर्ण अंग पुँजी बजारलाई बुझ्न नसक्नु बजारको लागि दुर्भाग्य हुने जानकारहरुको भनाई छ । पछिल्लो समयमा प्रतिस्थापन विद्येयक ल्याएपछि निकै विवादमा आएका मन्त्री शर्मालाई शनिबारको विषयले अझै बिवादित बनाउने देखिएको छ ।
प्रतिस्थापन विद्येयक मार्फत छडमा गरिएको मुल्य बृद्धि, १२५ देखी १५० सिसीका मोटर साईकलमा गरिएको मूल्य वृद्धि र चाडपर्व मुखैमा आई सक्दा पनि सरकारी सस्थालाई चिनि लगायतका वस्तु ल्याउन नदिनुले समेत मन्त्री शर्माको चौतर्फी आलोचना सुरु भएको छ ।
FACEBOOK COMMENTS