काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्युटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्युटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको छ ।
नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो बिस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवर्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा नयाँ स्टुडियो सञ्चालनसँगै बेलो ब्लसले पोखराको लेकसाइड र न्युरोडस्थित आफ्ना सफल स्टुडियोहरूको यात्रालाई राष्ट्रिय स्तरमा विस्तार गरेको छ । स्थापनाकालदेखि नै कम्पनीले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसार उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै हजारौं ग्राहकको विश्वास जित्न सफल भएको छ ।
काठमाडौंस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । दक्ष तथा प्रशिक्षित ब्युटी प्रोफेशनलद्वारा प्रदान गरिने सेवाले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
बेलो ब्लस स्टुडियोले व्यावसायिक सौन्दर्य सेवासँगै बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यावहारिक तथा उद्योगमुखी तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरिँदै आएको छ ।
यस सफलतालाई निरन्तरता दिँदै कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि बेलो ब्लस एकेडेमी सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । यसबाट व्यावसायिक सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन तथा विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बन्न थप अवसर उपलब्ध हुने कम्पनीको विश्वास छ ।
सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो आज नेपालको आशाजनक प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ ।