काठमाडौं । बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले, सबै पर्यावरण अनुकूल उत्पादनहरु को प्रयोगद्वारा प्रवेश स्तर देखि लक्जरी बाथरूम सम्मको उत्कृष्ट डिजाइन प्रदान गर्दछ । ISO,SASO, CE प्रमाणीत बेन्कार्डोमा फिक्स्चर र फिटिंगहरूमा सफा, सुरुचिपूर्ण, कार्यात्मक र कालातीत बेसिनहरू, शौचालयहरू, बाथरूम भ्यानिटीहरू र नुहाउने ठाउँहरू यसको दायराहरूमा समावेश छन् ।
बिक्री पछिको सेवालाई समयमै सुनिश्चित गर्न हरेक क्षेत्रमा सबैभन्दा ठूलो सेवा नेटवर्क रहेको बेन्कार्डोले नेपालमै पहिलो बाथरूम वेयर एप ल्याएको छ जस पस्चात उपभोक्ताले बजारमा उपलब्ध सबै उत्पादनहरू, नजिकै अवस्थित डिलरहरू, बिक्री सेवा र प्लम्बिंग सेवाहरू सजिलैसँग हेर्न सक्नेछन् । आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टा भित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । एक पटक प्लम्बरले कार्य पूरा गरेपछि , दुबै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सकिन्छ ।
किफायती मूल्यमा लक्जरी सपनाको बाथरूम प्रस्तुत गर्ने पहिलो कम्पनी बेकार्डोका मुख्य खण्डहरू सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू हुन् । बेन्कार्डो का उत्पादनहरूमा इको फ्लस वाटर सेभर, जर्म–फ्री, डुअल फ्लस र सफ्ट क्लोज सीट कभर प्रणाली लगाइएको छ । जर्म फ्री सेनेटरी वेयरलाई विशेष सिल्भरनानो ग्लेजले लेपित गरिएको छ जसले किटाणु वृद्धिमा रोक लगाउँछ, उल्लेखनीय रूपमा गन्धबाट मुक्त राख्छ । डुअल फ्लस प्रणाली अर्को एक विशेषता हो जसले एकल १० लिटर फ्लश प्रदान गर्ने परम्परागत फ्लस ट्याङ्कहरूको तुलनामा ६ लिटर फुल फ्लस र ३ लिटर हाफ फ्लसको लागि पानी बचत गर्न सक्षम बनाउँछ ।
बेन्कार्डो आफ्नो पहिचान “भव्यता र सादगी“ लाई कायम राख्दै क्लासिक र समकालीन शैलीहरूमा नयाँ उचाई तथा विशेषता प्रदान गर्दछ । परिणाम स्वरूप बेन्कार्डो आफ्नो ग्राहकलाई सधैंभरि उचित गुणस्तर, मूल्य र सेवा संन्तुष्टि प्रदान गर्ने बिश्वास ब्यक्त गर्दछ ।
FACEBOOK COMMENTS