काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान रास्वपालाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
आजबाट सुरु भएको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो महाधिवेशनले ऐतिहासिक निर्णय गर्ने नै छन् । मुलुकको परिवर्तनको लागि मुलुकमा रहेका विकृति र विसंगति अन्त्य गरेर नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान सफलता मिलोस् यही म शुभकामना दिन चाहन्छु,’ उनले भनेका छन् ।
रोजगारका लागि लाखौं लाख युवा विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्नका लागि आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नुपने बेला भएको उनको भनाइ थियो ।