कााठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसीलाई प्रधानमन्त्री बनाएकोमा रास्वपालाई धन्यवाद दिएका छन् ।
आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय अधिवेशनअन्तर्गत उद्घाटन समरोहमा मन्तव्य राख्दै उनले इतिहासमै पहिलो मधेसीलाई प्रधानमन्त्री बनाइएको भन्दै धन्यवाद दिएका हुन् ।
उनले ‘जेनजी’ आन्दोलनका युवाको भावनालाई नबिर्सन र सम्बोधन गरेर अघि बढ्न रास्वपा र सरकारको ध्यानाकर्षण समेत गराए ।