काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतीको निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दावी भुक्तानी गरेका छन् ।
आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार ३१६ वटा बीमा दाबीको परेको थियो । बीमा प्राधिकरणका अनुसार उक्त क्षतीमा करिब २३ अर्ब ४७ करोड रुपैयाँको दावी परेको थियो ।
दाबी रकममध्ये हालसम्म अग्रिम भुक्तानी समेत गरी ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।
१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिव ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ मध्ये करिव १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।

FACEBOOK COMMENTS