काठमाडाैं । नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ३५९ रनको लक्ष्य पछाएको भुटान ३२.४ ओभरमा ६० रन बनाएर अल आउट भएपछि नेपाल २९८ रनले विजयी भएको हो ।
भुटानको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर विपिनप्रसाद शर्माले ४ विकेट लिए भने सुयोग भट्टराई र सचिन भट्टले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो ।
नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।
यो जितपछि नेपाल समुह ए मा चारै खेल जितेर समुहमा शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । यस समुहबाट सिंगापुर दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी भुटानले भने आफ्ना चारै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
FACEBOOK COMMENTS