काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्।
मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै भण्डारीले कुनै एक निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्यबारे निक्र्यौल नगर्ने बताएकी हुन्।
‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु प्राथमिकता, कार्यशैली र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ।
यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ,’ उनले भनिन्, ‘तर कुनै एउटा निर्वाचन परिणामका आधारमा जनताको बहुदलीय जनवाद वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित हुँदैन।’