काठमाडौं । नेपाल एसबीआई बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास आनन्द नियुक्त भएका छन् ।
यसअघि प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका उनलाई जेठ १३ गतेदेखि लागू हुने गरी डीसीईओको जिम्मेवारीमा नियुक्त गरिएको बैङ्कले जनाएको छ ।
यस नियुक्तिसँगै आनन्दले बैङ्कको डीसीईओ र प्रमुख सञ्चालन अधिकृत दुवैका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल एसबीआई बैङ्कले विगत ३१ वर्षदेखि बैङ्किङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैङ्कका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS