काठमाडौं । आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले आफूहरूको डीएनएमै इन्नोभेसन र एजिलिटी रहेको बताएका छन् ।
आईएमईपे र खल्तीबीच एकीकृत कारोबार शुभारम्भ गर्न दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा बिहीबार आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै उनले आईएमईको इकोसिस्टम र खल्तीको एजिलिटीलाई एकीकृत गरिसकेपछि नेपालको डिजिटल मार्केटमा देखिएका सबै अपेक्षाहरू पूरा गर्नसक्ने ताकत सृजना भएको बताएका हुन् ।
‘आईएमईको इकोसिस्टम र खल्तीको एजिलिटीलाई मर्ज गर्दा ठूलो कमिटमेन्ट गर्छ भन्ने यहाँहरूको अपेक्षा छ,’ सीईओ खड्काले भने, ‘देशको इकोनोमीले, सर्वसाधारणले, हाम्रो इन्टरनल टीम मेम्बरहरूले र सबै स्टेक होल्डरहरूले हामीसँग ठूलो अपेक्षा गर्नुभएको जस्तो मलाई लागेको छ । त्यो अपेक्षालाई पूर्ति गर्नका लागि हामी हाम्रो डीएनएमा सधैं इन्नोभेसन र एजिलिटी लिएर हिँड्नेछौँ । र, संस्था ठूलो भइराख्दाखेरि पनि कुनै समस्याहरू नआवस् भन्नेमा हामी सचेत हुनेछौँ ।’
यस्तै, उनले आफूहरूको भिजन फाइनान्सियल इन्क्लुजन नै रहेको स्पष्ट गरेका छन् । आईएमईपे र खल्तीको मर्जरपछि फाइनान्सियल इन्क्लुजन पूरा गर्न सहज भएको चर्चा गर्दै उनले भने, ‘हाम्रो आगामी भिजन पनि फाइनान्सियल इन्क्लुजन नै हो । खल्ती बाइ आईएमईले सबैलाई समेट्छ । र, अझै द्रुत गतिमा अगाडि बढ्छ । त्यो भिजन एटेन्ड गर्नका लागि विभिन्न इन्नोभेटिभ डिजिटल फाइनान्सिङ सर्भिसेजहरू र प्रडक्टहरू डेलिभर गर्नेछौँ । त्यो नवनिर्मित आईएमई खल्तीको सीईओको तर्फबाट प्रण गर्दछु ।’
सीईओ खड्काको थप भनाइ पढ्नुहोस्–
ले दुई वर्षअगाडि नेपाल राष्ट्र बैंक र आईएफसीले गरेको सर्भेमा ५७ प्रतिशत अफ नेपालीहरू जो इलिजेबल छन् उहाँहरूको मात्रै बैंक एकाउन्टमा एक्सिस छ भन्ने तथ्याङ्क आएको थियो । अहिले त्यो अलिकति बढेको होला, तर गाउँगाउँमा र दूरदराजमा फाइनान्सियल डिजिटल सर्भिस अहिले पनि पुग्न सकेको छैन । त्यसमा हामीले ठूलो अवसर देखेका छौँ । ठूलो उत्तरदायित्व देखेका छौँ । र मर्ज भएपछिको आईएमई खल्तीले अन बैंक र रुरल एरियाका पपुलेशनहरूलाई फाइनान्सियल इन्क्लुजनमा ल्याउनका लागि विभिन्न सर्भिस र इन्नोभेटिभ प्रडक्टहरू ल्याउनेछौँ ।
हामी दुईवटै कम्पनी पेमेन्टमा फोसक भएर रन गरिरहेका छौँ । तर भविष्यमा फुल स्ट्याक डिजिटल फाइनान्सियल सर्भिसेस अथवा प्रडक्टहरू कसरी डिस्ट्रिब्युट गर्ने हाम्रो प्लाटफर्मबाट त्यसमा बढी नै केन्द्रित हुन्छौँ । त्यसका लागि हामीले गर्नुपर्ने पार्टनरशीपहरू त्यो बैंक होस् वा फाइनान्सियल इन्स्टिच्युट होस् वा इन्स्योरेन्स कम्पनीहरूसँग होस् वा डिजिटल मार्केटसँग होस् त्यसलाई हामी अझै स्तरीकरण गर्दै जानेछौँ । कतिपय प्रडक्टहरू लञ्च गरिसकेका छौँ भने कतिपय पाइपलाइनमा छन् । कतिपयलाई फ्युचरमा क्यारीओभर पनि गर्छौँ ।
थप भनाइ भिडिओमा हेर्नुहोस्–
फिनटेक कम्पनीमा ५४ करोड पुँजी र १२७ लाख सेवाग्राही सामान्य होइन : डेप्युटी गभर्नर मिश्र (भिडिओ)
फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गर्यौँ, ‘नेक्स्ट लेभल’मा पुर्याउँछौँ : हेमराज ढकाल (भिडिओ)
चन्द्र ढकालले सम्झिए मेगासँग ‘मिटिङ बुक’ गरेर जनता बैंकसँग मर्जर टुङ्ग्याएको घटना (भिडिओ)
FACEBOOK COMMENTS